सब–इन्जिनियरले मागे एक रुपैयाँ तलब

महोत्तरी– गौशाला नगरपालिकामा सब–इन्जिनियर पदमा जागिरका लागि दरखास्त हालेका एक युवकले मासिक तलब 'एक रुपैयाँ भए पुग्छ' उल्लेख गरेका छन्। महोत्तरीकै औरहीका शनि चौधरीले आशा गरेको तलब 'एक रुपैयाँ' उल्लेख गर्दै आवेदन दिएपछि विज्ञापन गर्ने नगरपालिका कार्यालय आश्चर्य र अप्ठेरोमा परेको छ।
'तलब एक रुपैयाँ उल्लेख भएको आवेदन आएपछि हामी सबै आश्चर्यचकित छौं,' नगरपालिकाका प्रमुख रामकुमार महतोले भने।मंसिर २१ गते सूचना प्रकाशन गरेर गौशाला नगरपालिकाले सेवा करार खरिद गर्ने सर्तमा कम्तिमा पाँच वर्ष काम गरेको अनुभव भएको र सबभन्दा कम तलब कबोल गर्ने योग्यता पुगेका एक सब–इन्जिनियर पदको लागि खुला विज्ञापन गरेको थियो।
सोही विज्ञापन अनुसार १३ जनाले गौशाला नगरपालिकामा आ–आफ्नो आवेदन दर्ता गराएका थिए। त्यसमध्ये १२ जनाले आ–आफ्नो अनुभवसहित सात हजार ९ सय ९९ रुपैयाँदेखि २० हजार रुपैयाँ तलब मागेका थिए। तर चौधरीले ६ वर्षको अनुभवसहित एक रुपैयाँ तलब माग गर्दै काम गर्ने निवेदन दर्ता गराएको नगरपालिका प्रमुख महतोले बताए।
सोमबार गौशाला नगरपालिकाको कार्यालय परिसरमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरीसहित १५ जनाको रोहवरमा आवेदन पत्रहरू खोलिएपछि चौधरीको निवेदनले सबै चकित पारेको थियो। 'हामीलाई निवेदन दर्ता गराउने चौधरीले ढाँट्न खोजेको आशंका लागेको छ,' महतोले भने, 'चौधरीले किन एक रुपैयाँ तलब राखेर आवेदन दिए भन्नेबारे आवश्यक जानकारी लिन खोज्दैछु।'
उक्त पदका लागि आएका १३ वटै आवेदनको मूल्यांकन गरेर एक साताभित्रै एक सब–इन्जिनियर नियुक्त गरिने उनले जनाए।
आवेदनकर्ता चौधरीले भने सेवाभावले काम गर्ने मनसाय बनाएर एक रुपैयाँ तलब भए पुग्छ भन्दै आवेदन दर्ता गराएको बताए। आवेदनकर्ता चौधरी काठमाडौंमा डेरा गरी बस्दै आएका छन्।

0 comments