साहरुखलाई आफ्नै घर भित्र छिर्न नदिएपछि

बलिउडका बादशाह भनिने शाहरुख खानलाई उनकै घर मन्नतमा छिर्न दिएनन् त्यो पनि उनकै गार्डले । यस्तो सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो फिल्म शुटिङको दृष्य हो । शाहरुख खानले पछिल्लो समय अपकमिङ फिल्म ‘फ्यान’ को शूटिङ गरिरहेका छन् । यही चलचित्र शुटिङ्का क्रममा आफ्नै बंगला मन्नतमा छिर्न खोज्दा गार्डले रोकेको दृष्य यतिबेला मिडियाका लागि मसला बनेको छ । शाहरुखलाई आफ्नै सुरक्षा गार्डले घर जान नदिएको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भारइल बनेको छ । शाहरुख अभिनित चलचित्र ‘फ्यान’ आदित्य चोपडाले प्रोड्युस गरिरहेका छन् । यो फिल्ममा एक फ्यानको भूमिकामा छन् ।

0 comments