हातको रेखा हेरेरै थाहा हुन्छ प्रेम सच्चा हो की होइन, हेर्नुहोस्

एजेन्सी । हातका रेखाहरुले प्रेमका बारेमा केही इशारा गरेका हुन्छन् । जसमा तपाईको प्रेम सच्चा हो वा स्वार्थी भन्ने बारेमा अन्दाज लगाउन सकिन्छ ।हातमा हुने हृदयरेखा बुध पर्वततिर गएर पुच्छरजस्तै आकार छ भने त्यसले प्रेम सम्बन्ध गहिरो हुने दर्शाउछ । यस्ता व्यक्ति आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्न सफल हुन्छन् ।हृदय रेखा बुध पर्वतबाट तल हुन्छ । हत्केलामा बुध पर्वत कान्छीऔलामुनी हुन्छ । यो रेखा माझीऔलामुनीसम्म गएको हुन्छ । धेरै लामो भयो भने गुरु पर्वतसम्म गएको हुन्छ ।हृदयरेखामा टेन्ट तभलत को चिन्ह हुनेको प्रेम एकतर्फ हुन्छ । हृदयरेखामा जतिधेरै दिन यस्तो चिन्ह हुन्छ उती धेरै दिन व्यक्ति एकतर्फी प्रेममा फस्छ भएको छ भने त्यस्ता व्यक्तिले धेरै परिश्रम गर्नुपर्छ । यस्ता व्यक्तिको भावना मनभित्रै सीमित हुन्छ ।यदि सूर्य पर्वत निस्किएको छ भने हृदय रेखादेखि अर्को एउटा रेखा निस्किएर सूर्य पर्वतमा पुगेको छ भने उनीहरुको प्रेम सफल मात्रै हुदैन यस्तो प्रेम प्रसिद्ध पनि हुन्छ ।हृदयरेखा गुरु पर्वततिर गएर आधा गोलो आकारमा घुमेको छ भने यस्ता मानिसहरु वैज्ञानिक सोचका हुन्छन् । यस्ता मानिसहरु भावुक हुदैनन् ।हृदयरेखाबाट एक रेखा निस्किएर गुरु पर्वततिर गएको छ र दोस्रो रेखा निस्किएर मस्तिष्क रेखानिर गएर झुकेको तर मस्तिष्क रेखालाई स्पर्श गरेको छैन भने यस्ता मानिसहरुले आफ्नो परिवारको धेरै ख्याल गर्छन

0 comments