श्रीमान्-श्रीमतीको टाढा हुनुन्छ भने यौन चाहनाको व्यवस्थापन यसरी गर्न सकिन्छ

वैदेशिक रोजगार होस् वा अध्ययनका क्रममा श्रीमती बाहिर हुँदा अन्य कठिनाइका साथसाथै यौनसम्बन्धी असजिलो पनि सहेर बस्नुपर्ने बाध्यता हुन्छ । अन्य कतिपय असजिलोपन सजिलै व्यक्त गर्न सकिने भए पनि यौनसम्बन्धी असजिलोपनको चर्चा गर्न भने सजिलो हुँदैन । तपाईंलाई असजिलो भए जस्तै तपाईंकी श्रीमतीलाई विदेशमा त्यस्तै असजिलो भएको हुनुपर्छ ।
तपाईंले श्रीमती आफूबाट टाढा हुँदा हस्तमैथुनलाई यौनइच्छा शान्त पार्ने उपाय बनाउनु भएको रहेछ जसलाई कतिपय दृष्टिले सकारात्मक मान्नुपर्छ । यसले अनावश्यक रूपमा हुने खर्च तथा समय त बचाउँछ नै गोपनीयता पनि भंग

हुन दिँदैन । अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएकाले एचआईभी वा अन्य कुनै यौन रोगको संक्रमण हुने कुरा पनि भएन । हस्तमैथुन आफैंले गर्ने भएकाले यसमा अनेक यौन परिकल्पना जोड्न सकिन्छ, जसले थप यौन आनन्द प्रदान गर्न सक्छ । कतिपयलाई हस्तमैथुन कति पटकसम्म गर्न सकिन्छ भन्ने चिन्ता पनि हुन्छ । सजिलो भाषामा भन्नुपर्दा शरीरले मागेअनुसार हस्तमैथुन गर्न सकिन्छ । एउटा सामान्य व्यक्तिले शरीरले मागेभन्दा बढी हस्तमैथुन गर्न सम्भव हुँदैन, जसरी तिर्खा मेटिएपछि उसले प्यास नलागेसम्म थप पानी पिउँदैन, हस्तमैथुन गरेर यौनइच्छा शान्त भएको स्थितिमा पनि व्यक्तिले अधिक हस्तमैथुन गर्दैन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । लिङ्गको घर्षणका कारणले नै हाम्रो यौन उत्तेजना बढ्दै गएर चरमसुखको स्थितिसम्म पुगिन्छ । योनिसँगको होस् वा हात, लिङ्गलाई खासै फरक पर्दैन । त्यसैले यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ ।
डन्डिफोर र हस्तमैथुनको सम्बन्ध
हाम्रा रौंका जरा तैलीय ग्रन्थीसँग जोडिएका हुन्छन् । सामान्यत: यी ग्रन्थिबाट तैलिय वस्तु निस्कन्छ । उक्त तैलियबस्तु ग्रन्थिबाट निस्किएर बिस्तारै रौंतिर जान्छ र छालामा फैलन्छ । त्यसैले हाम्रो छालामा एक किसिमको चिल्लोपन हुन्छ । विशेषगरी बढी हार्मोन उत्पादन भएका बेला त्यस्ता तैलीय वस्तु बढी निस्कन्छ र मरेका छालाका कोषहरूको रौंको जरामा जम्मा हुन्छ अनि त्यसपछि ग्रन्थीको मुखलाई बन्द गरिदिन्छ । यसमा जीवाणुको संक्रमण भएपछिको स्थितिलाई नै हामी डन्डिफोर भन्छौं ।
किशोरावस्थामा बढी डन्डिफोर आउँछ । यो उमेरमा हार्मोन उत्पादन बढी भएपछि एकातिर यौनेच्छा जाग्छ भने अर्कातिर डन्डिफोर बढी आउँछ । यौनेच्छा शान्त पार्न हस्तमैथुन गरिन्छ । हस्तमैथुन गरिने समय र डन्डिफोर आउने उमेर उस्तै-उस्तै भएकाले पनि कतिपयले हस्तमैथुनलाई दोष दिए पनि हस्तमैथुन र डन्डिफोरबीच तपाईंलाई लागेजस्तो प्रत्यक्ष सम्बन्ध छैन । स्पष्ट रूपमा भन्नुपर्दा हस्तमैथुन गरेका कारणले डन्डिफोर आउने होइन । त्यसैले त्यतातिर चिन्ता नगर्नुहोला ।

0 comments