यसरि भयो एकै घरमा ८ वाल-वालिकाको विभत्स हत्या !!!

अष्ट्रेलियाको क्वीन्सल्यण्डको मानुरा कायर्न्समा एक घरमा परिवारका ८ वालवालिकाको छुरी हानेर विभत्स हत्या गरिएको छ ।
८ महिना देखि १५ वर्ष सम्मका वालवालिकाको विभत्स हत्याले अष्ट्रेलियामा आतंक मच्चिएको छ । यद्यपी यो हत्या कस्ले र किन गर्‍यो भन्ने स्पष्ट हुन सकेको छैन । प्रधानमन्त्री टोनी एब्बटले यो घटनालाई शब्दमा बयान गर्न नसकिने अपराधको संज्ञा दिएका छन् ।


आफ्ना ७ सन्तानको विभत्स हत्याका कारण विक्षिप्त अवस्थामा रहेकी ३४ वर्षीया महिलालाई अस्पताल पुर्‍याइएको छ । मध्यरातमा पुलसलाई फोन आएपछि पुलिसका अधिकारीहरु त्यहाँ पुगेका थिए त्यहाँ गएका पुलिस अधिकारीहरु नै विभत्स दृष्य देखेर आतंकित भएको समेत सञ्चार माध्यमले जनाएका छन् । मारिएका ७ मध्ये ७ वालवालिकाकी आमा ती महिलालाई पनि छाती र घाँटीमा छुरी प्रहार गरिएका चोट रहेको प्रहरीले जानकारी दिएको छ ।

0 comments