शाहरुखसँग फिल्म खेलेपछि सलमानले बिहे गर्ने !


आयोजित एक कार्यक्रममा संवाददाताहरुसँग कुरा गर्दै सलमानले भने ‘सलमान, शाहरुख र अमिर एउटै फिल्ममा देखिने सम्भावना नजिकै छ ।’ सन २०१५ मा तीनखान एउटै फिल्ममा देखिने सम्भावना रहेको बताउँदै सलमानले तीन खानलाई एउटै फिल्ममा देखाउन आफुले पहल समेत गर्ने बताए । त्यसो त शाहरुख र अमिरले पनि राम्रो कथा भेटेमा तीन खान एउटै सिनेमामा देखिने सम्भावना रहेको बताउँदै आएका छन् । ‘तीन खानले फिल्म खेलेपछि म बिबाहमा ब्यस्त हुनेछु’ एक अवार्ड कार्यक्रममा सहभागी भएका सलमानले भने । यसअघि उनले बिबाहबारे सम्बाददाताको प्रश्नलाई छल्ने गरेका थिए । तर, यसपटक भने आफैंले बिबाहमा ब्यस्त हुने बताएर अचम्ममा पारेका छन्
0 comments