न्यायको लागि बाबुराम भट्टराई डाँको छोडेर रोए

२ पुस, काठमाडौं ।

एमाओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले बलात्कारपीडित वालिका पूजा बोहोराको पत्र पढेर डाँको छोडेर रोएको खुलासा गरेका छन् ।


बाबुरामले कान्तिपुर दैनिकको पत्र पढेर आफू डाँको छोडेर रोएको र आफूलाई बुबा भन्दा झनै भावुक बनेको फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन-

पूजाका पीडकहरुलाई कानूनी कठघरामा उँभ्याउन आफू लाग्ने प्रतिबद्धता पनि बाबुरामले ब्यक्त गरेका छन् । बाबुरामले अपराधीलाई दण्डित नगरेसम्म संघर्ष गर्ने र आफुजस्तै पीडित महिलालाई सहयोग गर्न वकिल बन्ने उनको अठोटले आफू अत्यन्त गर्वान्वित भएको समेत लेखेका छन् ।

0 comments