काठमाडौंको सडक : ‘नर्क जाने बाटो जस्तै’ (फोटो कथा)

मेलम्ची आउँछ भन्दै धमाधम सडक खन्दै २ पुस, काठमाडौं । राजधानीको सुकेधारा नजिकै कोरामा बसेका आफन्तलाई भेटेर फर्केका एमाले सभासद चन्द्रबहादुर गुरुङले हिलो बाटोमा हिँड्न नसकेपछि भने- ‘यो काठमाडौंभन्दा त हाम्रो गाउँ (मोरङ) कै बाटो ओभानो !

सभासद गुरुङले भनेजस्तै राजधानीको सडक हिँड्नै नसकिने गरी हिलो र फोहोर बनेको छ । बालबच्चाहरु विद्यालयसम्म पुर्‍याउनै नसकिने अवस्था आएको छ । राजधानीबासीले आफूहरुलाई नर्कमा बसेजस्तै लाग्न थालेको गुनासो पाखेका छन् । कतिपयले यहाँको बाटोमा हिँड्नुभन्दा नर्क जाने बाटो सजिलो होला भन्ने उपमासमेत दिए । दुई दिनदेखि परेको पानीले राजधानीको सडक मान्छे हिँड्ने बाटो हो कि धान रोप्न ठीक पारेको खेत हो, छुट्याउनै नसकिने भएको छ । भिडियो हेर्नुहोस् काठमाडौंमा सार्क सम्मेलन सकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि तत्कालै नेपाल आउने सम्भावना छैन । त्यसैले एक महिनाअघि भैपरि आउने भन्दै २ अर्ब रुपैयाँ स्वाहा पारेको सरकारले धमाधम सडक खन्न र भ्वाङ पार्न थालेको छ । सार्क सम्मेलनमा विदेशीलाई देखाउन निर्माण गरिएको सडक महिना दिन नबित्दै मेलम्ची आउने नाममा भत्काउन थालिएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन काठमाडौंका विभिन्न ठाउँमा करिब ६ सय किलोमिटर सडक थमाधम भत्काउन थालिएको छ । मेलम्चीको पानी काठमाडौंका धारामा ०७३ साल बैशाख १ गते खसाल्ने सरकारको तयारी छ । मेलम्चीको पानी दुई वर्षपछि काठमाडौंमा र्झछ कि झर्दैन थाहा छैन । तर, राजधानीका सडक भत्काउन थालिएपछि सर्वसाधारणले पाएको सास्तीचाहिँ यस्तो छ-

0 comments