रिस किन र कसरी उठ्छ ?

एजेन्सी-मानिस रिसाएको बेला आफुलाई नियन्त्रणमा लिन साह्रै गाह्रो हुन्छ । रिस भन्ने शब्द ज्यादै
शक्तिशाली भाव हो । मानिसले रिसको झोकमा कुटपिट र हत्याहिंसा जस्ता अनैतिक काम पनि गर्न सक्छ । र त्यस्ता अनैतिक कामहरु गरेको सुनिएको छ । कुनै बेला त आफूले के गरे त्यो पनि थाहा हुदैंन । रिसको कारण नै पारिवारिक कलह, झगडा, बेमेलजस्ता क्रियाकलापहरु हुने गर्दछ ।

त्यस काराण झगडाको परिमाण बच्चाबच्चीहरुलाई समेत पर्न जान्छ । धेरै मानिसहरुलाई लाग्छ होला रिस त अलिकति हुनै पर्छ । रिस नै भएन भने अरूले हेपी हाल्छन नी । नेपाली समाजमा भनाई नै छ, रिस खा आफुलाई अर्थात रिसले सबैभन्दा बढी नोक्सान आफुलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ । anger
सभ्याताको विकाससंगै आजकल सामान्यतयः लड्ने वा भाग्ने अवस्था आउदैन तर रिसाएको बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिले जस्तै नै हुन्छ । रिसाएको बेलामा निस्कने विभिन्न रासायनिक पदार्थहरु निस्कन्छन र तिनले नराम्रो असर पार्दछन ।
रिसका किसिमहरु:
कडा रिस:यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।
आबेस:अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।

प्यासिभ रिस:रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।

आफैमा पोख्ने रिस:रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।
सकारात्मक रिस:रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।

0 comments